काठमाडौंमा आपत्मा परेका सोलुखुम्बुवासीलाई नेता कार्कीले सहयोग गर्ने



१८ चैत्र २०७६, काठमाडौं

सोलुखुम्बुका नेपाली कांग्रेस नेता तथा व्यवसायी प्रकाशसिंह कार्कीले कोभिड १९ (कोरोना भाइरस)का कारण काठमाडौंमा आपत्मा परेका सोलुखुम्बुवासीलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

नेता कार्कीले मंगलबार (आज) आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमा स्थिति पोस्ट् गर्दै कोरोनाले निम्त्याएको ‘लकडाउन्’का कारण काठमाडौंभित्र आपत्मा परेका सोलुखुम्बुवासी तथा सोलुखुम्बुमै रहेर पनि आपत् विपत्मा परेकाहरुलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

“सोलुखुम्बुबाट काठमाडौं आइ बसोबास गरिरहनुभएका तथा सोलुखुम्बुमा रहनुभएका विद्यार्थी ,श्रमजीवी तथा विपन्न वर्गलाई ‘लकडाउन्’ले दैनिक गुजारा चलाउन समेत कठिन भएको वा ‘लकडाउन्’को अवधिभर कुनै समस्या परेको खण्डमा तपसिलका नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।” नेता कार्कीले फेसबूकमा लेखेका छन् ।

आफ्नोसहित तीनवटा सम्पर्क नम्बर राखेर अभाव खड्किएको खण्डमा सम्पर्क गरिहाल्न अनुरोध गर्दै नेता कार्कीले सम्पूर्णमा बाहिर ननिस्कन र सावधानी अपनाउन पनि अनुरो गरेका छन् ।

|तस्वीर सौजन्यः नेता कार्कीको फेसबूक|

प्रतिक्रिया दिनुहोस्