स्मार्टद्वारा “लकडाउन” अवधिका लागि विभिन्न सेवाहरु उपलब्ध



१८ चैत २०७६, काठमाडौं

स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने यस देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । यस संवेदनशील घडीमा ग्राहकहरु अत्यावश्यक काम बाहेकका लागि घर बाहिर निस्कन नहुने आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न अतिरिक्त सेवाहरु ल्याएको हो ।

स्मार्ट टेलिकमको यस प्रयास अनुरुप अब ग्राहकहरुले २० जी.बी. को डाटा प्याक मात्र रु. ३९९ (कर बाहेक) मा प्राप्त गर्न सक्नुहुनेछ । उक्त डाटा प्याक ३० दिनको लागि मान्य हुनेछ । यसको अतिरिक्त, स्मार्ट प्रयोगकर्ताहरुले हरेक डाटा प्याकको खरिदमा डबल डाटा प्राप्त गर्न सक्ने सुविधा पनि रहेको छ । साथै, यस लकडाउनको अवधिभरि हरेक रु. १०० वा बढिको रिचार्जमा विभिन्न टकटाइम, एसएमएस तथा डाटा बोनस स्वरुप प्राप्त गर्न सक्नुहुनेछ । ब्यालेन्स रु. १ भन्दा कम भएमा अब ग्राहकहरुले ८१२९८४०३ डायल गरी रु. ४० को स्मार्ट लोन समेत लिन सक्नुहुनेछ ।

प्रयोगकर्ताहरुलाई अत्यावश्यक काम बाहेकका लागि घरबाट बाहिर ननिस्कन प्रेरित गर्न स्मार्टले घरैबाट मोबाइल टपअप पनि गर्ने सुविधा पनि उपलब्ध गराएको छ । यो सुविधा सम्भव बनाउन स्मार्टले इसेवा, खल्ती, पे प्वाइन्ट तथा इनेट पे जस्ता अनलाइन पेमेन्ट एपहरुसँग समन्वय गर्दै आएको छ भने ग्राहकरुले उक्त एपहरु मार्फत घरैबाट रिचार्ज गर्न सक्नुहुनेछ ।

स्मार्टको बारेमा
स्मार्ट टेलिकम, नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी हो, नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्याउने यसको लक्ष्य रहेको छ । स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत (Unified License) प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ । कम्पनीले नेपालका ४५ जिल्लाहरुमा आफ्नो द्धन् तथा द्दन् सेवा प्रदान गरिसकेको छ ।

आफ्नो गुणस्तरीय नेटवर्क विस्तारमा केन्द्रित रही कम्पनीले निरन्तर रुपमा लगानी वृद्धि समेत गरी आम नेपालीहरु माझ उच्चस्तरीय इन्टरनेट स्पीड तथा कभरेज प्रदान गर्दै आएको छ ।स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने यस देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । यस संवेदनशील घडीमा ग्राहकहरु अत्यावश्यक काम बाहेकका लागि घर बाहिर निस्कन नहुने आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न अतिरिक्त सेवाहरु ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्