कमलाईमाई नगरप्रमुख खड्ग खत्रीद्वारा ५६ परिवारलाई निःशुल्क खाद्यान्न वितरण



१८ चैत २०७६, काठमाडौं

कमलाईमाई नगरपालिका प्रमुख खड्ग खत्रीले हिजो र आज गरी ५६ परिवारलाई निःशुल्क खाद्यान्न वितरण गरेका छन् ।

मंगलबार (आज) कमलामाई ५ फोस्रेटार मावि स्कूल छेउको खहरेमा गिट्टीकुटी मजदुरी गर्ने २१ परिवारलाई प्रति परिवार चामल २० केजी, दाल ३ केजी, चिनी १ केजी, आलु २ केजी, बेसार ५० ग्राम, तेल १ लिटर र नुन १ केजी खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

हिजो ग्वाङखोला क्षेत्रमा गिट्टी फुटाएर जिविको पार्जन गर्ने ३३ परिवारलाई राहत वितरण गरिएको थियो ।

गिट्टी कुटी जिविकोपार्जन गर्ने परिवारलाई खाद्यान्न वितरण पछि स्वास्थ विमा गरेका ३९४ घरधुरीका मजदुर परिवारलाई राहत वितरण गर्ने प्रमुख खत्रीले परिवर्तन खबरलाई बताए ।

यो पनि पढ्नुहोस् :

कमलाईमाई नगरपालिका प्रमुख खड्ग खत्रीद्वारा ३३ परिवारलाई निःशुल्क खाद्यान्न वितरण

प्रतिक्रिया दिनुहोस्