३०२ अमेरिकी नागरिक कतार एयरमार्फत् स्वदेश फर्के



१८ चैत्र २०७६, कपाठमाडौं

कतार एयरले काठमाडौंबाट मंगलबार (आज) ३ सय २ जना अमेरिकी नागरिक लिएर उडेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासको पहलमा कतार एयरको चार्टर विमानमार्फत् ३ सय २ जना अमेरिकी नागरिक आफ्नो देशतर्फ लागेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यले २ सय ९३ जना वयस्क र ९ जना बालबालिका आज दिउँसो साढे एक बजे अमेरिकातर्फ प्रस्थान गरेका जानकारी दिए ।

नेपालका विभिन्न ठाउँको भ्रमणका लागि आएका उनीहरु अलपत्र परेपछि अमेरिकी दूतावासले कतार एयरको जहाज चार्टर गरेर स्वदेश फर्काएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आगामी ३ बैशाखसम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्