सिन्धुलीको दुधौली १ मा नेकपा कार्यकर्ताको अगुवाईमा निःशुल्क माक्स वितरण



१८ चैत २०७६, काठमाडौं

सिन्धुली जिल्लाको दुधौली –१ मा नगरप्रमुख घनश्याम राउतको सहयोग र कार्यपालिका सदस्य डिल्ली भुजेलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताहरुले गाउँ–गाउँ पुगेर टोल विकास संस्था मार्फत निःशुल्क माक्स वितरण गरेका छन् ।

श्रोतका अनुसार कोरोना विरुद्धको अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले प्रत्येक वडालाई निश्चित रकम छुट्याइएको थियो । अन्य वडाहरुले बिनियोजित रकमबाट स्थानीय स्तरमै कपडा किनेर माक्स सिलाई वितरण गरेपनि दुधौली नगरपालिका वडा नं.१ ले स्थानीय स्तरमा माक्स उत्पादन नगरेपछि बाहिरबाट मगाएका माक्सहरु प्रतिघर १ माक्स वितरण गर्दा कतिपय स्थानीयहरुले विरोध स्वरुप माक्स नबुझी सामाजिक संजालमा चर्काे आलोचना गरेका थिए ।

चर्को विरोध भएपछि नेकपाका वडाध्यक्ष चन्द्रप्रसाद पहाडी र नगरकार्यपालिका सदस्य डिल्ली भुजेलको विशेष पहलमा दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले १९०० थान माक्स दुधौली १ मा पठाएका थिए ।

नगरपालिकाद्वारा सहयोग गरिएको माक्स कार्यपालिका सदस्य डिल्ली भुजेलको नेतृत्वमा नमूना टोल सुधार समिति अध्यक्ष पुष्पराज काफ्ले, सुन्दरेश्वर टोल सुधार समितिका अध्यक्ष तिर्थराज अधिकारी, जनजाति टोल सुधार समितिका अध्यक्ष आशाराम माझी, मिलीजुली टोल सुधार समितिका अध्यक्ष हेमा पहाडी, वडाध्यक्ष गोविन्द प्रसाद पहाडी, समाजसेवी दिनेश सापकोटा, रमेश काफ्ले र कार्यपालिका सदस्य भुजेल मार्फत साविक हत्पते ७ मा ४०० थान, हत्पते ८ मा ८०० थान, हत्पते ९ मा ७०० थान र हत्पते १ मा १०० थान वितरण गरिएको छ ।

नेकपा मार्फत पारदर्शी ढङ्गले माक्स वितरण गरिएपछि स्थानीय जनता निकै उत्साहित भएको वितरणमा संलग्न पार्टी सदस्यले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्