विश्व बैंकको चेतावनी : ‘कोरोना महामारीका कारण एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्छ’



१८ चैत्र २०७६, काठमाडौं

विश्व बैंकले कोरोना महामारीका कारण एसियाली मुलुकहरुले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसको महामारीका कारण हुने आर्थिक गिरावटले पूर्वी एसिया र प्यासिफिक क्षेत्रका दुई करोड ४० लाख मानिसलाई गरिबीबाट उकास्नेबाट रोकिने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमणका कारण पूर्वी एसिया र प्यासिफिक क्षेत्रका सबै मुलुकहरुले ’गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने’ उद्योगधन्दामा काम गर्ने मानिसहरुले ’उच्च जोखिम’को सामना गर्नुपर्ने छ ।

जसमा थाइल्यान्डको पर्यटन क्षेत्र र प्यासिफिक टापुसहित भियनाम र कम्बोडियाका उत्पादन क्षेत्रमा काम गर्ने मानिसहरुलाई यसको जोखिममा रहेको बताइएको छ ।

बैंकले दुई करोड ५० लाख मानिसहरु चिनियाँसहित ३ करोड ५० लाख मानिसहरु गरीबीबाट माथि उठ्न नसक्ने प्रक्षेपण गरेको छ । विश्व बैंकका अनुसार गरिबीको रेखा भन्नाले दैनिक ५.५० अमरिकी डलरभन्दा कम आय भएका मानिस भनेर परिभाषित गरेको छ ।

यस क्षेत्रको आर्थिक वृद्ध २.१ प्रतिशत रहने बताइएको छ । सन् २०१९ को आर्थिक वृद्धि ५.८ प्रतिशत वृद्धिभन्दा बढी हुने अनुमान गरिएको थियो ।

त्यसैगरी विश्व बैंकले यस क्षेत्रमा स्वास्थ्य हेरचाह, मेडिकल उपकरणको उत्पादन गर्ने उद्योग र बिरामीहरुलाई सहुलियत उपलब्ध गराउन आग्रह गरेको छ । एजेन्सीको सहयोगमा-

|तस्वीरमा विश्व बैंक। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्