
१८ चैत्र २०७६, काठमाडौं
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन् । भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो मंगलबार बिहान दुर्घटनामा परेको भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार दोरम्बा गाउँपालिका–२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ । घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
केहीको अवस्था गम्भीर रहेको पनि निरीक्षण पौडेलले बताए । चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बोलेरो सडकबाट करिब १५० मिटर तल खसेको थियो । लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक र निजी सवारी साधनलाई जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको भएपनि उक्त बोलेरो सिट क्षमता भन्दा बढी यात्रु बोकेर छामेछाप गइरहेको थियो ।
|प्रतिकात्मक तस्वीर|





