‘चीनको दबाबमा डब्लुएचओले कोरोनासम्बन्धी सूचना लुकायो’ : ताइवान



१८ चैत २०७६, काठमाडौं

ताइवानले चीनको दबाबमा विश्व स्वास्थ्य संगठनले कोरोना सम्बन्धी सूचना लुकाएको आरोप लगाएको छ । ताइवानको विदेश मन्त्रालयले सोमबार सो आरोप लगाएको हो । मन्त्रालयले डब्लुएचओसँग जोडिएका सदस्य राष्ट्रहरुका कोरोना केस र उपचार विधि समेत बाहिर नल्याएको आरोप लगाएको छ ।

चीनको दबाबमा डब्लुएचओले ताइवानलाई सदस्य राष्ट्रको रुपमा मान्यता दिएको छैन । चीनले ताइवानलाई आफ्नो हिस्साका रुपमा लिने गरेको छ । ताइवानले कोरोना महामारीका नाममा डब्लुएचओले आफ्नो मुलुकविरुद्ध खेल खेलिरहेको आरोप समेत लगाएको छ । उक्त देशमा कोरोना महामारीबाट बच्न सुरुमै कडा कदम चालेकोले त्यति धेरै क्षति भएको छैन ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको सुरुवातका विषयमा सोधिएको प्रश्नलाई बेवास्ता गर्दै आएको ताइवानको आरोप छ । विश्व स्वास्थ्य संगठनले केही दिनअघि एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नियन्त्रणका लागि ताइवानले कडा कदम चालेको बताउँदै त्यहाँका विशेषज्ञहरुसँग आफुले मिलेर काम गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्