सर्वोच्चले भन्यो, ‘अति विपन्नलाई आफैँ सम्पर्क गरी राहत देऊ’



१७ चैत्र २०७६, काठमाडौं

सर्वोच्च अदालतले दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने तथा अति विपन्न व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराउन आदेश दिएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले ‘लकडाउन्’को समयमा राज्यको संयन्त्रबाटै त्यस्ता व्यक्तिको पहिचान गरी राहत उपलब्ध गराउन सरकारलाई आदेश दिएको हो ।

सोमबार (आज) न्यायाधीश श्रेष्ठको इजलासले विपन्न र ज्याला मजदूरी गरी जीवन निर्वाह गर्नेहरु खान पाउने अधिकारबाट वञ्चित हुने अवस्था आएकाले उनीहरुलाई सबै तहका सरकारबीच समन्वय गरी विशेष प्रबन्ध मिलाउन सर्वोच्चले आदेश दिएको हो ।

अधिवक्ता विष्णु लुइँटेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

|तस्वीरमा सर्वोच्च अदालत। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्