येशुलाई विश्वास गरे ‘कोरोना’ले छुँदैन भन्दै भ्रम फैलाउने महिला पक्राउ



१७ चैत्र २०७६, काठमाडौं

येशुलाई विश्‍वास गरेमा कोभिड १९ (कोरोना भाइरस)ले छुँदैन भन्दै सर्वसाधारणमा भ्रम फैलाउने एक महिला पक्राउ गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका ७ घर भएकी ३८ वर्षीया जानकी ढुंगानालाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार ढुंगानाले सर्वसाधारणमा ‘तपाईँहरु येशुलाई विश्वास गर्नुस् । कोरोनाले छुँदैन’ भन्दै भ्रम छरेका थिए ।

ढुंगानालाई पक्राउ गरेर प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद लिएको छ । “ती महिलाले आम सर्वसाधारण भेला पार्दै येशुको किताब र तस्वीर बाँडेको खुलेको छ ।” एसपी गुरुङले भनेका छन्, ‘यस्तो काम उनी आफैँले गरेको या अरुले अह्राएको भन्‍ने हामी खोज्ने काम गरिरहेका छौं ।’

अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको पनि एसपी गुरुङको भनाइ छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्