कमलाईमाई नगरपालिका प्रमुख खड्ग खत्रीद्वारा ३३ परिवारलाई निःशुल्क खाद्यान्न वितरण



१७ चैत २०७६, काठमाडौं

कमलाईमाई नगरपालिका प्रमुख खड्ग खत्रीको नेतृत्वमा नगरपालिका भरिका दैनिक ज्याला मजदुरी गर्ने ३३ श्रमिक परिवारलाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ ।

वितरण गरिएको राहत प्याकेजमा चामल २० केजी, दाल ३ केजी, चिनी १ केजी, आलु २ केजी, बेसार ५० ग्राम, तेल १ लिटर र नुन १ केजी रहेको छ । जुन १५ दिनसम्मको लागि पुग्ने अनुमान गरिएको नगर प्रमुख खत्रीले परिवर्तन खबरलाई बताए ।

लकडाउन अझै थपिएमा नगरले थप राहत प्याकेज लिएर श्रमिकको घरघरमै जानेछ,’ प्रमुख खत्रीले भने ।

अहिले वितरण गरिएको खाद्यान्न ग्वाङखोला क्षेत्रमा गिट्टी फुटाएर जिविको पार्जन गर्ने परिवारलाई वितरण गरिएको हो ।

निःशुल्क राहत वितरणमा नगरप्रमुख खत्री सहित प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडाअध्यक्षहरु कर्ण घिसिङ, पूर्णबहादुर खड्का, उज्वल थापा लगायतको उपस्थिति रहेको
थियो ।

प्रतिक्रिया दिनुहोस्