
१७ चैत २०७६, काठमाडौं
नेपाल निजामती कर्मचारी संगठनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
संगठनले २०७६ चैत्र १४ गते विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएको हो । संगठनले सो विज्ञप्ति मार्फत उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने पीपीईको ब्यवस्था गरेर मात्र कार्यस्थलमा खटाउन माग गरेको छ । त्यसका साथै जनचेतनामूलक कार्यमा लाग्न सरकारले आह्वान गरेमा संगठनका सदस्यहरू तत्पर रहेको पनि जनाएको छ ।
‘सरकारले गरेको लकडाउन मेरो लागि हो’ भन्ने सम्झी जीवनप्रति खेलबाड नगरी पालना गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारी यथा जनसमूदायहरूमा समेत संगठनले हार्दिक अपिल समेत गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठनद्वारा जारी प्रेस विज्ञप्ती :






