अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिँदै सरकार



१७ चैत्र २०७६, काठमाडौं

सरकारले कोभिड १९ (कोरोना भाइरस)का कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक अभावलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ ।

यसैबीच सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने भएको छ । सरकारका प्रवक्ता तथा अर्थन्त्री डा. युवराज खतिवडाले कोषले दिने नेपाली रुपैयाँ १३ अर्ब बराबरको ऋण लिने निर्णय गरेको बताए ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा बोल्दै खतिवडाले लिइएको ऋण निर्ब्याजी भएको पनि बताए । त्यस्तै महामारी रोकथामका लागि भन्दै विश्व बैंकले दिने ऋण तथा सहायता स्वरुपको नेपाली रुपैयाँ ३ अर्ब बराबरको लिन वार्ता समिति बनाउने निर्णय गरिएको पनि उनको भनाइ थियो ।

|तस्वीरमा अन्तर्राष्ट्रिय मुद्रा कोष। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्