विश्वभर कोरोना संक्रमित १ लाख ५० हजार निको भए



१७ चैत्र २०७६, काठमाडौँ

विश्वका २ सय भन्दा बढी मुलुकमा कोरोना संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ५० हजार ९ सय ३९ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । सोमबार विहान थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो ।

यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्