कामपा ७ मा निःशुल्क खाद्यान्न सामाग्री वितरण शुरु



१६ चैत २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. ७ मा वडाध्यक्ष शुद्ध डंगोलको नेतृत्वमा वडावासीलाई निःशुल्क खाद्यान्न सामाग्री वितरण शुरु गरिएको छ ।

कामपा ७ वडा कार्यालयले खाद्यान्न समस्या भएकालाई सम्पर्क गर्न सूचना जारी गरेको थियो । सोही सूचनाको आधारमा गंगाहिटी चावहिलमा कोठा भाडा बस्दै आएका ज्याला मजदुरी गर्ने महन्थी दासलाई १० केजी चामल सहित राहत वितरण गरिएको छ ।

निःशुल्क राहत वितरणमा वडाध्यक्ष डंगोलसहित वडा सदस्य कृष्णमणि भट्टराई, कृष्णप्रसाद घिमिरेले कोठामै गई राहत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्