‘सी’लाई प्रचण्डको पत्र-‘नेपाललाई सहयोग गर्न अपिल’ [पत्र सहित]



१६ चैत्र २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड १९ (कोरोना भाइरस)को संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् ।

तीन दिनअघि पठाइएको पत्रमा प्रचण्डले कोरोना महामारी नियन्त्रण गर्न सफल भएकोमा राष्ट्रपति सीलाई बधाई समेत दिएका छन् ।

“चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुका समाचारबाट थाहा पाएको छुु ।” प्रचण्डले पत्रमा उल्लेख गरेका छन्, ‘कोरोना भाइरससँगको यो लडाइँमा जीत हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु ।’

अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले प्रचण्डले तीन दिनअघि पत्र पठाएको बताएकी छिन् । चीनमा कारोना भाइरसबाट ८१ हजार संक्रमित भएका थिए ।

ती मध्ये तीन हजार तीन सयको मुत्यु भइसकेको छ भने, ७५ हजार भन्दा बढीले स्वास्थ्यलाभ लिएका छन् । यस्तै दुई हजार ६ सय अझै संक्रमित छन् ।

|तस्वीरमा नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति सी। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्