देशवासीसँग मोदीले मागे माफी



१६ चैत्र २०७६, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ (कोरोना भाइरस)का कारण गरिएको ‘लकडाउन्’ले देशवासीमा परेको असरप्रति माफी मागेका छन् ।

मासिक रेडियो कार्यक्रम ‘मनकी बात’मार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले माफी मागेका हुन्।

प्रधानमन्त्री मोदीले केही निर्णयहरूले देशवासीलाई समस्यामा पारेको पनि बताए। उनले विशेष गरी गरिबहरूसँग माफी मागेका हुन्।

“केही निर्णयले तपाईँहरुको जीवनमा समस्या आएको छ । खासगरी गरिबहरूलाई समस्या हुन्छ । मलाई थाहा छ, तपाईँहरु रिसाउनुभएको छ । तर कोरोनासँग लड्न यो निर्णय आवश्यक थियो ।” उनले सम्बोधनको क्रममा भनेका छन् ।

यस्तै प्रधानमन्त्री मोदीले सरकारले चालेका कदम नागरिकको सुरक्षाका लागि भएको बताए।

|तस्वीरमा भारतीय प्रम मोदी। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्