काठमाडौंभित्र विपत्मा परेका संखुवासभावासीलाई सहयोग गर्ने पूर्वराज्यमन्त्री खड्काको उद्घोष



१६ चैत्र २०७६, काठमाडौं

पूर्वराज्यमन्त्री तथा कांग्रेस नेता दीपक खड्काले काठमाडौंभित्र रहेका संखुवासभावासीहरुलाई सहयोग गर्ने बताएका छन् ।

आइतबार (आज) आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमा स्थिति पोस्ट् गर्दै नेता खड्काले काठमाडौंभित्र रहेका विद्यार्थी, मजदूर तथा आपत्मा परेकाहरुलाई आवश्यक सहयोग गर्ने बताएका हुन् ।

“खास गरेर विद्यार्थी, ज्यालादारी मजदूर तथा विपत्मा पर्नुभएका सम्पूर्ण महानुभावहरु मानवीय विपत्को बेला समस्या परेमा निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोला ।” उनले उल्लेख गरेका छन् ।


आफ्नोसहित चारजनाको सम्पर्क नम्बर राखेर नेता खड्काले आवश्यक परेको खण्डमा सम्पर्क गर्न अनुरोध गर्दै यो समय आफू बाँच्ने अरुलाई बचाउने सबैको कर्तव्य रहेको पनि उल्लेख गरेका छन् ।

|तस्वीर सौजन्यः मन्त्रीको फेसबूक|

प्रतिक्रिया दिनुहोस्