मन्त्रिपरिषद् बैठक आज, कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गरिने



१६ चैत्र २०७६, काठमाडौं

मन्त्रिपरिषद्को बैठक आइतबार (आज) बस्दै छ ।

बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्नुपूर्व कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरेर त्यसैले आवश्यक निर्णय लिइरहेको थियो ।

आजको मन्त्रिपरिषद् बैठकले समितिले गरेको कामको समीक्षा र थप तयारीका विषयमा निर्णय लिने बताइएको छ । बैठकले ‘लकडाउन्’ लम्ब्याउने निर्णय गर्ने तयारी रहेको बताइएको छ ।

त्यस्तै ‘लकडाउन्’का कारण मर्कामा परेको न्यून आय भएका, दैनिक ज्यालादारी परिवारलाई राहत प्याकेजको घोषणा गर्ने पनि सरकारको तयारी छ ।

|तस्वीरमा मन्त्रिपरिषद्को कार्यालय। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्