नगरपालिका संघको आग्रह-‘विदेशबाट फर्किएका सबैको तथ्यांक संकलन गर्नु’ [विज्ञप्तिसहित]



१६ चैत्र २०७६, काठमाडौं

नेपाल नगरपालिका संघले कोरोना भाइरसको संक्रमणबाट बच्न विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी निर्धारित मापदण्ड अनुसारको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नगर प्रमुखहरुसँग आग्रह गरेको छ ।

संघले विदेशबाट फर्किएका व्यक्तिहरुमा संक्रमणको लक्षण देखिएमा सुरक्षा विधिसहित तोकिएको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउन समेत महानगर, उपमहानगर र नगरपालिकाका प्रमुखहरुसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै विषेशगरी, अन्यत्र मुलुकबाट नेपाल आएका मानिसहरुमा यस रोगको संक्रमण देखा परिरहेकोले यस रोगको थप संक्रमणबाट जोगिन सजगता अपनाउनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

विपन्न एवं दैनिक ज्यालादारीमा निर्भर परिवारको पहिचान गरी न्यूनतम राहत उपलब्ध गराउन समेत सबै स्थानीय तहलाई संघले आग्रह गरेको छ ।

संघले स्थानीय स्तरमा रहेका स्वास्थ संस्थाहरुमा आवश्यक स्वास्थ्य सामग्रीहरु सहज आपूर्तिको व्यवस्था मिलाउन समेत संघ र प्रदेश सरकारसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्