
काठमाडौं।शनिबार (हिजो) चीन गएको नेपाल एयरलाइन्सको विमान आइतबार (आज) बिहान काठमाडौं आइपुगेको छ ।
नेपाल अएयरलाइन्सका अनुसार विमान कोभिड १९ (कोरोना भाइरस) संक्रमितहरुको उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री लिएर बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हो ।
कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक (पीपीआइ) लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ ।
ती सामग्री लिन शनिबार मध्याह्न वाइबडी चार्टर विमान ग्वाङ्झाओ गएको थियो । यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीआइ, थर्मोमिटरलगायत सामान बोकेर चिनियाँ जहाज काठमाडौं प्रस्थान गरेको जानकारी दिएकी छिन् ।
Through active coordination of the Embassy, the emergency materials including PPEs and thermometers donated by Sichuan Provincial Government, Sichuan Provincial Investment Group and Chinese Embassy have departed from Guangzhou and will arrive soon! #ChinaNepalSolidarity pic.twitter.com/PUjOxVXWJO
— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 28, 2020
सोही जहाजमा चीनको ज्याक-मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेका मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि आउँदैछ ।
स्वास्थ्य परीक्षणका किट पनि नेपाल ल्याउने तयारी भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
पहिलो चरणमा मगाइएको सामानको विवरणः
१, सुरक्षित गगल्स (इलास्टिक, नरम फ्रेम र सिधा हावा नछिर्ने): १ लाख थान
२, पीपीआइ गाऊन (एएएमआई, लेभेल ३, डिम्पोजेबल, मिडियम र लार्ज साइज): १ लाख थान
३, जाँच गर्ने पञ्जा (नाट्राइल, पाउडररहित मिडिया र लार्ज साइ): १ लाख थान
४, सफाइमा प्रयोग हुने पञ्जा (मिडियम साइज): ७ हजार थान
५, मास्क (एफएफपी २÷एन९५, आइआइआर): ८० हजार थान
६, जुत्ता छोप्ने (डिस्पोजेबल): १ लाख थान
७, अनुहार छोप्ने (डिस्पोजेबल): १ लाख थान
८ इन्फ्रारेड थर्मोमिटर (टाढैबाट नाम्न मिल्ने): १५ सय थान
९, पोर्टेबल सीसीआर मेसिन (कोरोना परीक्षण गर्ने मेसिन): ५ थान
१०, पोर्टेबल पीसीआर रिएजेन्ट (कम्बो): ५० हजार थान
११, परीक्षण किट (प्रिमियर प्रोब, एबीआइः ७, ५००सँग मेल खाने, रोटारजेन, बाइकर्डः ५० हजार थान
१२, नमूना संकलन गर्नै ट्यूब (भीटीएम र त्यसलाई प्याक गर्ने साधन): ५० हजार थान
|तस्वीर सौजन्यः नेपालका लागि चिनियाँ राजदूत यान्छी|





