कोरोना संक्रमण रोक्नेबारे कांग्रेसले दिएको सुझाव सरकारले कार्यान्वयन गर्ने



१५ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण, जोखिम न्यूनीकरण तथा उपचारका विषयमा प्रमुख प्रतिपक्षी कांग्रेसले दिएको सुझाव सरकारले कार्यान्वयन गर्ने भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कांग्रेसका प्रतिनिधिसभा प्रमुख सचेतक बालकृष्ण खाँणलाई शनिबार टेलिफोन गरी कांग्रेसले दिएको सुझाव कार्यान्वयन गर्न सरकार लागिरहेको बताएका हुन् ।

कांग्रेसले कोरोना नियन्त्रणका लागि विभिन्न विषय समेटेर शुक्रबार १७ वटा सुझाव उप-प्रधानमन्त्री पोखरेललाई बुझाएको थियो । पोखरेलले कांग्रेसले दिएका सुझाव उपयोगी र सान्दर्भिक रहेकाले सकभर कार्यान्वयन गर्ने बताएको खाँणले बताए ।

|तस्वीरमा नेकपा मुख्यालय। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्