नेपालमा थप एकजनामा कोरोनाको संक्रमण : संक्रमितको संख्या ५ पुग्यो



१५ चैत २०७६, काठमाडौं

कोरोना भाइरसबाट नेपालमा थप एक जना संक्रमित भएका छन् । नेपालमा संक्रमितको संख्या ५ पुगेको छ । १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युवती कतार एयर हुँदै बेल्जियमबाट काठमाडौं आएकी थिइन् । चैत ४ गते १७ मार्च बेल्जियमबाट कतार हुँदै नेपाल आएको पाइएको छ ।

यसअघि हिजो धनगढीका एक युवालाई कोरोना भाइरसको संक्रमण भएको थियो । त्यसअघि धादिङका एक युवा र काठमाडौंको एक युवतीको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार भइरहेको छ । सुरुमा संक्रमित युवा भने उपचारपछि घर फर्किइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्