समाजवादीले ‘कोरोना’विरुद्धको कोषमा एक मुष्ट १० लाख दिने



कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा समाजवादी पार्टी नेपालले १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

समाजवादीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिना बराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी एकमुष्ट १० लाख रुपैयाँ रकम कोषमा जम्मा गर्ने जानकारी दिएका हुन् ।

समाजवादीले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट प्राप्त सहयोगको सदुपयोगको प्रबन्ध मिलाउनसमेत र विशेष स्थितिमा उच्च सतर्कता अपनाउन चालू आर्थिक वर्षको राज्यको सञ्चित कोषबाट खर्च गर्न पनि आग्रह गरेको छ ।

|तस्वीरमा समाजवादीको झण्डा। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्