सरकारले न्यून आय भएकालाई खाद्यान्नलगायत राहतको व्यवस्था गर्नेछ : प्रचण्ड [भिडिओ]



१५ चैत्र २०७६, काठमाडौं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैनिक ज्यालादारी गरी जीवनयापन गर्दै आएका जनतालाई सरकारले खाद्यान्नलगायत राहतको व्यवस्था गर्ने बताएका छन् ।

‘लकडाउन्’का बेला न्यून आय भएकाहरू भोकभोकै बस्नुपर्ने अवस्थाप्रति ध्यान दिँदै सरकारले न्यून वर्गीय श्रमिक जनताका लागि खाद्यान्नलगायत राहत प्याकेज ल्याउने बताएका हुन् ।

शनिबार (आज) भिडिओ सन्देश जारी गर्दै प्रचण्डले भने,, ‘दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने न्यून वर्गीय जनताको खाद्यान्नलगायत व्यवस्थापनमा सरकारले विशेष सहयोग प्याकेज घोषणामा ध्यान जाने नै छ ।’ उनले निजी क्षेत्रका व्यवसायीलाई पनि गरिब र असहायको सहयोगमा लाग्न आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले कारोनाविरुद्धको अग्र मोर्चामा रहेर जोखि उठाउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको मनोबल उच्च पार्न आवश्य रहेको भन्दै सञ्चार माध्यमलाई पनि विश्वसनीय सूचना सम्प्रेषण गर्न आग्रह गरे ।

भिडिओ

प्रतिक्रिया दिनुहोस्