कामपा १५ मा दैनिक उपभोग्य पसलमा १/१ मिटरको दुरीमा गोल घेरा बनाईदै



१५ चैत २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. १५ को दैनिक उपभोग्य पसलहरुमा १/१ मिटरको दुरीमा गोलो घेरा बनाईएको छ ।

लकडाउनका कारण खाद्य पसलहरुमा बढी भिडभाड हुने भएकोले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नफैलियोस भन्न वडा कार्यालयले गोलो घेरा बनाउने निर्णय गरेको हो ।

कामपा १५ का वडाध्यक्ष तथा महानगर प्रवक्ता ईश्वरमान डंगोलको नेतृत्वमा नेपाली सेनाको रेन्जर गणका मेजर नानु खड्का, नेपाल प्रहरी स्वयम्भु बृत्तका डिएसपी लालध्वज सुवेदी, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक गहेन्द्र भण्डारी सहित समाजसेवीहरुको सहभागितामा उक्त कार्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्