कोभिड १९ : अमेरिकी इतिहासकै ठूलो राहत कानूनमा ट्रम्पद्वारा हस्ताक्षर



१५ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को विश्वव्यापी महामारीसँग संघर्ष गरिरहेको अमेरिकामा त्यहाँका राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।

त्यससम्बन्धीको कानून तल्लो सदनले पारित गरेको छ । यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो सदन (सिनेट) मा छलफल भएको थियो ।

अहिलेसम्मकै सबैभन्दा धेरै ३३ लाख अमेरिकी बेरोजगारका रूपमा बुभबार दर्ता भएका थिए ।

अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ ।

|तस्वीरमा सामाजिक दूरी कायम राख्दै राहत प्याकेजसम्बन्धी कानूनबारे छलफल। श्रोतः एएफपी|

प्रतिक्रिया दिनुहोस्