‘लकडाउन्’पछि लुक्लामा फसेका ९५ विदेशी नागरिकको उद्दार



१५ चैत्र २०७६, काठमाडौं

देशव्यापी ‘लकडाउन्’पछि सोलुखुम्बुको लुक्लामा फसेका ९५ जना विदेशी नागरिकको उद्दार गरिएको छ ।

छ वटा फ्लाइटबाट शनिबार (आज) उनीहरुको उद्दार गरिएको हो । गाउँपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा उनीहरुलाई काठमाडौं ल्याइएको हो ।

उद्धार गरिएका धेरैजसो युरोपेली मुलुकका नागरिकहरु छन् । नेपाल एयरलाइन्सको चारवटा फ्लाइट तथा तारा र समिट एयरका एक–एक फ्लाइटबाट उनीहरुलाई काठमाडौं ल्याइएको हो ।

काठमाडौंमा उनीहरुलाई विमानस्थल नजिकैका होटलमा राखिएको छ । भोलि कतार एयरवेजको चार्टर फ्लाइटबाट नेपालमा फसेका विभिन्न देशका नागरिकहरुलाई फिर्ता पठाईंदैछ ।

हिजोमात्रै पनि ३ सय ५ जना विदेशीलाई कतार एयरवेजको चार्टर फ्लाइटबाट स्वदेश पठाइएको छ । लुक्लामा फसेका पर्यटकहरुलाई खानबस्नको व्यवस्था त्यहाँ रहेका होटल तथा खुम्बु पासाङल्हमु गाउँपालिकाको संयुक्त लगानीमा गरिएको छ ।

उनीहरुको उद्धार नभए सम्म निशुल्क खानबस्नको व्यवस्था मिलाइएको हो ।

|तस्वीरमा लुक्ला| फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्