१४ चैत्र २०७६, काठमाडौं
पर्सा राष्ट्रिय निककुञ्जमा वनरक्षक टोली र जनावर तस्करबीच दुई तर्फी गोली हानाहान भएको छ ।
दोहोरो गोली हानाहानपछि एक तस्करको मृत्यु भएको छ भने एक जना पक्राउ परेका छन् । मृत्यु हुनेमा मकवानपुर पदमपोखरी १३ का भिमलाल मोक्तान रहेका छन् ।
सोही स्थानका मोहन सिंह मोक्तान पक्राउ परेका छन् । वनरक्षक सेनाले तस्करहरुको साथबाट २ थान भरुवा बन्दुकका साथै त्यसमा प्रयोग हुने गोली र केही बारुद नियन्त्रणमा लिएको छ ।
निकुञ्जको कोर क्षेत्रमा जनावर मार्न पसेका तस्करहरुको समुहले जनावर मार्न हतियार पडकाए पछि सेनाले थाहा पाएका थिए । गस्तीमा रहेका नेपाली सेनाले तस्करले पडकाएको बन्दुकको आवाज सुनेर हेर्न जाँदा तस्करहरुसँग तोहोरो भिडन्त भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताए ।
दोहोरो भिड्न्तका क्रममा सेनाका जमदार मिन बहादुर सन्त्याल तस्करको गोलीबाट घाइते हुनुभएको छ । घाईते सत्यालको उपचार भइरहेको छ ।





