नेपाल एयरलाइन्सको वाइडबडी विमान मेडिकल सामग्री लिन आज चीन जाँदै



१५ चैत्र २०७६, काठमाडौं

नेपालमा कोरोनाको जोखिम बढ्दैजाँदा त्यसका लागि आवश्यकीय मेडिकल सामग्रीको अभाव भएको भन्दै आलोचना भइरहँदा सरकारले चीनबाट त्यस्ता सामग्री ल्याउने तयारी गरेको छ ।

कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज चीन जाँदैछ । आज मध्याह्न साढे १२ बजे मेडिकल सामग्री लिनका ए ३३० जहाज चीन जाँदैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनबाट ती सामग्रीहरु आजै आइपुग्नेछन् । स्वास्थ्य मन्त्रालयले आवशयक सामग्रीको सूची परराष्ट्र मन्त्रालयमार्फत् चीनलाई पठाएको थियो । तीनै सामग्री लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस्