कोरोनाको कहर : विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय नाघ्यो, ५ लाख ९६ हजार बढी संक्रमित



१५ चैत्र २०७६, काठमाडौं

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । अहिले कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा पुगेको छ ।अमेरिकामा एकैदिन ३१२ जनाको ज्यान गएको छ । यससँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७ पुगेको छ । शुक्रबार एकैदिन १७ हजार २९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २ हजार ६ सय ६४ पुगेको छ ।

इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले नयाँ उचाइ लिएको छ । कोरोना भाइरसको महामारी फैलिय यता एकै दिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो । योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।

यस्तै स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितहरुको कुल संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्