बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण (भिडियो सहित)



१४ चैत २०७६, काठमाडौं

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको ब्यक्तिगत ट्वीटर मार्फत जानकारी गराएका छन् ।

जोनसनले ट्वीटरमा भिडियो पोष्ट गर्दै आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताए । उनले मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाएको भन्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले भनेका छन्, ‘सेल्फ आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको छु । साथै कोरोना विरुद्धको अभियानमा छ लाख ब्रिटिस नागरिकले गरेको स्वयमसेवाको समेत प्रशंसा गरेका
छन् ।’

बेलायती प्रधानमन्त्रीको भिडियो ट्वीट :

प्रतिक्रिया दिनुहोस्