संयमित हुँदै जिम्मेवारीसहितको सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको अनुरोध



१४ चैत २०७६, काठमाडौं

नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबारे संयमित हुँदै जिम्मेवारीसहितको सूचना सम्प्रेषण गरी नागरिकहरुलाई तथ्यपरक, उत्साहवर्द्धक सूचना प्रवाह गर्न आम संचारमाध्यमलाई प्रेस काउन्सिल नेपालले विज्ञप्ती सहित अनुरोध गरेको छ ।

काउन्सिलको स्वअनुगमनमा कोरोना भाइरसको संक्रमणबारे अत्यन्तै आपत्तिजन, भ्रमपूर्ण र अतिरञ्जित शिर्षक राखेर समाचार सम्प्रेषण गरिएका सूचना विभागमा दर्ता नभएका ३ वटा वेवसाइट नेपालभित्र प्रकाशन÷प्रशारण नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ ।

त्यस्तै ३ वटा अनलाइन संचारमाध्यमलाई आपत्तिजनक सामाग्री हटाउन तथा २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न प्रेश काउन्सिलले निर्देशन दिएको छ ।

प्रेस काउन्सिलद्वारा जारी प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्