स्वास्थ्यमन्त्री ढकालको अभिव्यक्तिप्रति चिकित्सक संघको आपत्ति



१४ चैत्र २०७६, काठमाडौं

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

यसअघि एक सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले भात पकाउँदा पनि पिपिई खोज्ने अवस्था आएको टिप्पणी गरेका थिए ।

चिकित्सक संघले आज एक विज्ञप्ति जारी गर्दै पिपिईका विषयमा जिम्मेवार निकायका उच्च व्यक्तिले हल्का टिप्पणी गरेको भन्दै दुःख व्यक्त गरेको छ ।

यसैबीच सबै अस्पताललाई सेवा सञ्चालन गर्न चिकित्सक संघले आग्रह गरेको छ । संघले ओपिडी बाहेक आकस्मिक सेवा तथा ज्वरो क्लिनिक संचालन गर्न उसले आग्रह गरेको हो ।

संघले विज्ञप्तिमार्फत यस जोखिमपूर्ण अवस्थामा कोरोना भाइरसलाई सबै मिलेर नेपालमा फैलिनबाट रोकन र आफ्नो जिम्मेवारी पुरा गरी असल एवं जिम्मेवार नागरिकको परिचय दिने अभियानमा सरिक हुन समेत आह्वान गरेको छ ।

नेपाल मेडिकल काउन्सिल तथा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेबमोजिम अनिवार्य रुपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षाका सामग्रीहरु उपलब्ध गराउन संघले सरकारसँग माग गरेको छ ।

|तस्वीरमा मन्त्री ढकाल| फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्