कोरोनाको कारण सी सँग झुक्न बाध्य भए ट्रम्प



१४ चैत्र २०७६, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन फिङबीच टेलिफोन वार्ता भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै संक्रमित भएपछि ट्रम्पले चिनियाँ राष्ट्रपति सीलाई फोन गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टेलिफोन वार्तामा ट्रम्प र सीबीच कोभिड १९ (कोरोना भाइरस) महामारी नियन्त्रणबारे छलफल भएको छ ।

“चीनले भाइरसलाई राम्रोसँग बुझिसकेको छ, हामी एकअर्कासँग नजिक रही काम गर्नेछौं, चीनप्रति मेरो उच्च सम्मान छ ।” ट्रम्पले ट्वीट्मा भनेका छन् ।

चिनियाँ राष्ट्रपति सीले कोरोना विश्वको साझा शत्रु भएकाले यससँग लड्न अन्तर्राष्ट्रिय पहल बलियो बनाउनुपर्ने बताएका छन् ।

कोरोना भाइरसको संक्रमण चीनमा भन्दा अमेरिकामा धेरै भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको अनुभव लिनका लागि पहल गर्ने बताएका थिए ।

यसअघि कोभिड १९ चिनियाँ भाइरस भन्दै आएका ट्रम्पको प्रयासले चीनसँगको दूरी कम भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्