आपतकालिन अवस्थामा निजी गाडी निःशुल्क दिने वडाध्यक्ष अधिकारीको घोषणा



१४ चैत २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राजु अधिकारीले कोरोना भाइरसको कारण लकडाउन रहेको अवस्थामा वडावासीलाई कुनै किसिमको समस्या परेमा आफ्नो निजी गाडी निःशुल्क प्रयोग गर्न दिने घोषणा गरेका छन् ।

त्यसैगरी वडा कार्यालयले वडाभित्र रहेका अत्यावश्यक खाद्यान्न, तरकारी, ग्यास, डेरी तथा औषधी पसलहरु विहान ६ देखि ७ः३० बजेसम्म र बेलुका ५ देखि ६ः३० बजेसम्म मात्र खोल्न सूचना जारी गरेको छ ।

बूनपा ११ द्वारा जारी सूचना : 

प्रतिक्रिया दिनुहोस्