
१४ चैत २०७६, काठमाडौं
विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगार्थ नेपाल सरकारले निर्माण गरेको कोषमा कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातमा जम्मा गर्ने निर्णय भएको छ । जसमा मुख्यसचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गरेका छन् ।

राजपत्रांकित विशिष्ठ र प्रथम श्रेणी (मुख्यसचिव, सचिव र सहसचिव)को हकमा शुरू तलबको ७ दिनको तलब, राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका कर्मचारीको ५ दिनको तलब तथा राजपत्र अंकित र श्रेणीबिहीन कर्मचारी शुरू तलबको ३ दिनको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
कोषमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, मन्त्रीहरू, सांसदहरू लगायतले रकम जम्मा गरिसकेका छन् ।





