कोरोनाबाट बच्न आवश्यक सावधानी अपनाउ : अध्यक्ष डा.दत्त (भिडियो सन्देशसहित)



१४ चैत २०७६, काठमाडौं

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस बाट आफू र आफ्नो समाजलाई बचाउन सरकारद्वारा निर्देशित सावधानीहरु अपनाउन आग्रह गरेका छन् ।

बिहिबार एक भिडियो सार्वजनिक गर्दै अध्यक्ष डा.दत्तले विदेश बाट आएका नेपाली वा विदेशी नागरिकहरुमा कोरोनाको कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा सम्पर्क राख्न आग्रह गरेका छन् ।

यस्तो समयमा सबैजना सरकारद्वारा लगाइएको लकडाउनलाई पूर्ण रुपमा पालना गरेर आफू र आफ्नो समाजलाई महामारी बाट बचाउन समेत आग्रह गरेका छन् । महामारीको समयमा संघ, प्रदेश तथा स्थानीय सरकारले एक आपसमा सहकार्य र समन्वय गरेर उचित उपचारको व्यवस्था समेत मिलाउन अध्यक्ष डा.दत्त ले अनुरोध गरेका छन् ।

अध्यक्ष डा.दत्तले महामारीको अवस्थामा मधेशी आयोग हरेक क्षण जनतासँग हुने विश्वास दिलाएका छन् ।

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको भिडियो सन्देश :

प्रतिक्रिया दिनुहोस्