प्रधानमन्त्रीलाई भेट्न अस्तपाल पुगे प्रचण्ड



१४ चैत्र २०७६, काठमाडौं

स्वास्थ्यमा समस्या आएर राति नै अस्पतालमा भर्ना भएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड अस्पताल पुगेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अध्यक्ष प्रचण्ड शुक्रबार (आज) बिहान त्यहाँ पुगेका हुन् ।

गत २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा आराम गरिरहेका छन् ।

|तस्वीरमा कार्यकारी अध्यक्ष प्रचण्ड| फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्