पुनः परीक्षणका लागि हङकङ पठाइएका ८ नमूनामा ‘कोरोना’ देखिएन



१४ चैत्र २०७६, काठमाडौं

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणपश्चात् पुनः परीक्षणका लागि हङकङ पठाइएका ८ नमूनाहरुको नतिजा नेगेटिभ आएको छ।

यसको अर्थ नमूना लिइएका ती व्यक्ति कोभिड १९ (कोरोना भाइरस) संक्रमित छैनन्। प्रयोगशालाका नमूना परीक्षण टोलीका प्रमुख कन्सल्टेन्ट माइक्रोबाइजोलिस्ट डा. रन्जित शाहका अनुसार पछिल्लोपटक विश्वस्वास्थ्य संगठनको प्रयोगशाला हङकङ पठाइएका नमूनाको नतिजा पनि नेपालमा जस्तै आएको हो।

परीक्षणमा प्रश्न उठिरहेका बेला केन्द्रीय प्रयोगशालाले बेला बेला पुनः परीक्षणको लागि नमूनाहरु हङकङ पठाउने गरेको शाहको भनाइ छ।

यसपटक पठाइएका नमूनाको नतिजा पनि नेपालमा झैं हङकङमा समेत एउटै आएको उनले बताए। हालसम्म नेपालमा ७५८ नमूना परीक्षण गरिएकोमा ३ जना संक्रमित भेटिएका छन।

त्यसबाहेक ७५५ जनामा (नेगेटिभ भाइरस) देखिएका छ। ३ जना संक्रमितमध्ये १ जना निको भइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहको छ।

|तस्वीरमा नेगेभिट कोरोना| फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्