स्वास्थ्यमा अचानक समस्या आएपछि प्रधानमन्त्री ओली राति नै अस्पताल भर्ना



१४ चैत्र २०७६, काठमाडौं

मिर्गौला प्रत्यारोपण गरी आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना गरिएको छ ।

उनको श्वास प्रश्वासमा समस्या देखिपछि बिहीबार राति साँढे १० बजेतिर त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै गम्भीर समस्या भने नरहेको अस्पताल स्रोतले जनाएको छ । स्रोतकाअनुसार शुक्रबार (आज) नै उनलाई डिस्चार्ज गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा यही फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भएका ओली चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका थिए।

तस्वीरमा मनमोहनमा प्रधानमन्त्री। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्