नेपाल वायु सेवा निगमको वाइडबडी मेडिकल सामग्री लिन शनिबार चीन जाँदै



१४ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।

विमानस्थल भन्सार विभाग स्रोतका अनुसार (भोलि) शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट चीनको ग्वाङझाओ जान लागेको हो ।

विमानले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउन लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्