‘लकडाउन हाम्रो बाध्यता हो’



१३ चैत २०७६, काठमाडौं

यतिबेला नेपालमा लकडाउन छ ।
प्रत्येक देश लक डाउनमा छ ।।
आज विश्व नै लकडाउनमा छ ।

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले ।
विश्व मानवलाई चुनौती दिएको छ, आतंक मच्चाईरहेको छ ।।

त्यसैले कोरोना भाइरससँग लड्न र जित्न ।
हामी आफ्नो घरमा बसेर सुरक्षित बन्नै पर्छ ।।
आफू पनि बचौं, अरुलाई पनि बाँच्न सिकाउनै पर्छ ।

लकडाउनले कोरोनासँग लडन मानवीय एकता बढाउँदैछ ।
लकडाउनले राष्ट्र र राष्ट्रिय संकटबाट बँच्ने, बचाउँने संकल्प बोकेको छ ।।
त्यसैले लकडाउन आज हाम्रो बाध्यता हो ।

वर्तमान विश्वमा कमजोर हुँदै गएको मानवीय भावना र एकता ।
बलियो बनाउने अवसर चल्दैछ ।।

शहरीकरण, आधुनिकीकरणको प्रभावबाट छिन्नभिन्न हुँदै गएको ।
परिवारको माया, प्रेमलाई पुर्नजिवित बनाउँदै छ ।।

कोरोनासँग लड्न परिवारको माया र एकता ।
अनि विश्व मानव बिचको एकताले आत्मबल बढाउँदैछ ।।
त्यसैले लकडाउन हाम्रो बाध्यता हो ।

लकडाउनमा बस्दा मेरो भविष्य बर्बाद भयो भनेर आत्तिनु पर्दैन, छट्पटिनु हुँदैन ।
किनकी ! कोरोना भाइरस तिम्रो मृत्युको पर्खाईमा छ तिमीलाई पछ्याउँदै ।।

विश्व मानव सभ्यतालाई तहसनहस बनाउन तल्लिन भएर लागि रहेको छ ।
त्यसैले तिमी र तिम्रो परिवारलाई बचाउन ।।
लकडाउनमा बस्नैपर्छ ।

तिमी बाँच्यौं भने तिम्रो परिवार बचाउन सक्छौं ।
अनि विश्वलाई बचाउन सक्छौं ।।
त्यसैले धैर्यता राख, अनुशासनमा बस्न सिक ।
लकडाउनको नियम पालना गर, सरकारलाई साथ देउ, आँट देउ ।।
तिमीले यो देशको असल नागरिकको परिचय देउ ।

अष्टलक्ष्मी शाक्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज

प्रतिक्रिया दिनुहोस्