नगरवासीलाई सरकारको अनुरोध पालना गर्न नेकपा बूढानीलकण्ठको अपिल



१३ चैत २०७६, काठमाडौं

हाल विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न नेपाल सरकारले आम नागरिकहरुमा गरेको अनुरोधको पालना गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठले नगरवासीहरुमा अपिल  गरेको छ ।

नेकपा बूढानीलकण्ठका अध्यक्ष रबिन अधिकारीले विषम परिस्थितिमा जनताको स्वास्थ्य र अन्य किसिमको सेवा गर्नका लागि तयारी अवस्थामा रहन नगर कमिटी सदस्य तथा १३ वटै वडाका कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।

त्यस्तै बूढानीलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा क्वारेन्टाइन स्थल निर्माण गरिएको जानकारी दिदै नगरपालिकालाई कुनै पनि सहयोग चाहिएमा नेकपा बुढानिलकण्ठ उपलव्ध गराउन तयार रहेको सचिव प्रदिप डंगोलले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्