सांसद दुलालद्वारा सुरक्षाकर्मीलाई मास्क तथा स्यानिटाइजर सहयोग



१३ चैत २०७६, काठमाडौं

काठमाडौं क्षेत्र नं १ का प्रदेश सभा सदस्य गणेश दुलालले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानलाई थप सहयोग पुर्‍याउन तिनकुने वृत्त तथा त्यस क्षेत्र हेर्ने सुरक्षा निकायलाई मास्क, पन्जा, स्यानिटाइजर तथा पर्चा वितरण गरेका छन् ।

उनले बिहिबार (आज) बिहान १००० थान मास्क, २०० थान हाते पन्जा, ५ लिटर स्यानीटाइजर तथा सचेतना अभियानका लागि १०००० प्रति पर्चा हस्तान्तरण गरेका हुन् । साथै चाडै नै सोहि किसिमको सहयोग स्वास्थ्य कर्मीहरुलाई गरिने पनि उनले टेलिफोन संवादमा बताए । त्यसैगरी लकडाउन अवधिभर आफ्नो क्षेत्रका तथा समस्त नेपाली दाजुभाईलाई घर बाहिर ननिस्किन पनि उनले अपिल गरेका छन् ।

लकडाउनको समयमा दैनिक खाद्यान्न तथा औषधि पसलमा समय मिलाएर किनमेल गर्न तथा अनावश्यक भिडभाड नगरी राज्यलाई सहयोग गर्न समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्