के ‘कोरोना’का कारण मनमा त्रास बढ्यो? फोन यी गर्नुस्, यी मनोविद्लाई [सम्पर्क नं. सहित]



१३ चैत्र २०७६, काठमाडौं

विश्वभर महामरीका रुपमा फैलिरहेको कोरोना भइरस (कोभिड–१९)का कारण मनमा त्रास बढेमा मनोविद्लाई फोन गरेर परामर्श लिन सकिने भएको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले कारोनाका कारण मनोपरामर्श आवश्यक हुनेलाई सहयोग गर्ने भएको हो । कोरोना भाइरसको सङक्रमण रोकथामका लागि सरकाले ‘लकडाउन्’ गरेका बेला मानसिक डर त्रास कम गर्न यस्तो व्यवस्था मिलाइएको सीएमसी नेपालले जनाएको छ ।

सीएमसी नेपालका अनुसार स्थास्थ्यसँग सम्बन्धित सेवा आवश्यक परेमा फोनबाट सेवा दिने गरी मनोविद्, मनोचिकित्सक तथा चिकित्सामनोविद्को टोली बनाइएको र आवश्यक पर्नेले फोन वा इन्टरनेटमार्फत् सेवा लिन सकिने छ ।

कोरोनाका कारण उत्पन्न डर र त्रास भएमा देश तथा विदेशमा हुनेले तोकिएको समयमा फोन वा इन्टरनेटमार्फत् सम्बन्धित मनोविद्, मनोचिकित्सकबाट सेवा लिन सक्नेछन् ।

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायलाई आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ९८४०२६५६४८ मा सम्पर्क गर्न सकिने छ ।

चिकित्सामनोविद् डा. पशुपति महतलाई ९८५१०९४८३१ मा बुधबारदेखि शुक्रबारसम्म बिहान ११ बजेर ३० मिनेटदेखि १२ः३० सम्म, चिकित्सा मनोविद् डा. सालिकराम भट्टराईलाई आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म ९८५१२१०३९० र मनोविद् करुणा कुवँरलाई शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ९८५१०८७३६६ मा सम्पर्क गरेर सेवा लिन सकिने छ ।

यस्तै, बालमनोविद् मधुविलाश खनाललाई आइतबारदेखि शुक्रबारसम्म दिउँसो १२ बजेदेखि २ बजेसम्म ९८४००७४८११ मा, मनोपरामर्शकर्ता विष्णुप्रसाद प्रजापतीलाई आइतबारदेखि शुक्रबारसम्म दिउँसो २ बजेदेखि ४ बजेसम्म ९८५१२१८१३५ मा, मनोविद् स्मृति घिमिरेलाई आइतबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि बेलुकी ६ बजेसम्म ९८४१२३४४९० मा, मनोविद् राजेश कुमार झालाई सोमबार र मंगलबार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म ९८४१२४८०४० मा टेलिफोन सम्पर्क गरेर परामर्श लिन सकिने छ ।

यसैगरी, चिकित्सामनोविद् सुजिता बानियाँलाई आइतबारदेखि शनिबारसम्म बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म ९८४१३५२६२५ मा र मनोपरामर्शकर्ता विष्णुभक्त कावनलाई मंगलबार बिहान ८ बजेदेखि ९ः३० बजेसम्म ९८४१३००३९७ मा सम्पर्क गर्न सकिने सीएमसी नेपालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्