‘कोरोना’ मानव जातिका लागि खतरा छ, योविरुद्ध एक्लाएक्लै होइन एक भएर लडौं : राष्ट्रसंघ



१३ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)का कारण विश्वभर त्रास र आतंक फैलिरहेको छ।

हालसम्म यसबाट ४ लाख ७१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने २१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

कोरोनाले विश्वव्यापी रुपमा आतंक मच्चाउँदै गर्दा संयुक्त राष्ट्रसंघका महासचिवले यो महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भएको बताएका छन्।

उनले यस्तो खतराविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने पनि उल्लेख गरेका छन्। महासचिव एन्टोनियो गुटेरस्ले कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने पनि बताएका छन्।

उनले यो महामारी विकसित मुलुकमा नियन्त्रण गरेर विकासोन्मुख मुलुकमा फैलन दिइन्छ भने यसले दशौं लाखको ज्यान लिनसक्नेतर्फ पनि सचेत गराएका छन्।

“त्यसो गर्दा भाइरसले स्वरुप परिवर्तन गर्ने अवसर पाउने र त्यो झन् भयावह हुन्छ। ‘त्यतिमात्र होइन, त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्नेछ।” उनले सचेत गराउँदै भनेका छन्।

यसैबीच राष्ट्रसंघले आधारभूत स्वास्थ्य सेवासमेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न दुई अर्ब डलर कोषको घोषणा छ।

तस्वीरमा राष्ट्रसंघका महासचिव गुटेरेस्। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्