खोटाङमा पनि तीन जना ‘क्वारेन्टाइन’मा



१३ चैत्र २०७६, खोटाङ

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तीन जनालाई क्वारेन्टाइनमा राखेको छ ।

स्वास्थ्य चौकी याम्खामा ४० वेडको क्वारेन्टाइन निर्माण गरेर उनीहरुलाई राखिएको हो तीनदिन अघि भारतको वेष्ट बंगालबाट आएका याम्खाका २२ वर्षीय युवकलाई राखेपछि थप दुई जनालाई बुधवार नै क्वारेन्टाइनमा राखिएको हो ।

थप दुईजनामा भारतकेै मेघालयबाट आएका याम्खाकै ४७ वर्षीय र साउदीबाट आएका ३० वर्षीय पुरुषलाई हिजोबाट क्वारेन्टाइनमा राखिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिनुुभयो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई ध्यानमा राखेर गाउँपालिकाले वैदेशिक रोजगारी र जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई पहिचान गरि क्वारेन्टाइनमा राख्न सुरु गरेको हो ।

क्वारेन्टाइनमा २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था मिलाइएको छ । पालिका प्रवेश गर्ने ४ वटा नाकाहरुमा कडाइका साथ चेकजाँच भइरहेको जनाइएको छ ।

तस्वीरमा क्वारेन्टाइन वार्ड। फाइल तस्वीर।

प्रतिक्रिया दिनुहोस्