१२ चैत २०७६, काठमाडौं
सरकारलाई क्वारेन्टाइन आइसोलेसनको लागि नीजि तथा आवासीय विद्यालय अर्जनाइजेश नेपाल (प्याब्सन) केन्द्रिय कार्यालयले २०७६ चैत ९ गते विज्ञप्ती निकालेको २४ घण्टा नबित्दै दश हजार भन्दा बढी कक्षा कोठा उपलब्ध भईसकेको प्याब्सन महासचिव कुमार घिमिरले जानकारी गराएका छन् ।
नीजि अस्पतालहरुमा कोरोना संक्रमणको आंशका गरिएका विरामीहरुलाई उपचार गर्न आनाकानी गरिरहेको अवस्थामा नीजि विद्यालयहरुले खुलेर सहयोग गर्ने निर्णय गरेका छन् ।
प्याब्सनका महासचिव घिमिरेले परिवर्तन खबरसँगको कुराकानीमा अहिलेको विषम परिस्थितिमा सरकार र नागरिकलाई सहयोग गरी मानवीयता प्रदर्शन गर्नु संगठनको दायित्व रहेको बताए ।
प्याब्सनद्वारा जारी सूचना :






