शारदा एकेडेमीले आफ्नो भवन ‘क्वारेन्टाइन’ बनाउन उपलब्ध गराउने



१२ चैत्र २०७६, काठमाडौं

शारदा एकेडेमीले आफ्नो भवन ‘क्वारेन्टाइन’ बनाउन उपलब्ध गराउने भएको छ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ११ मा रहेको एकेडेमीले आवश्यक परे आफ्नो भवन ‘क्वारेन्टाइन’ बनाउन उपलब्ध गराउने भएको हो।

“आवश्यक परे हामीले हाम्रो स्कूलको भवन ‘क्वारेन्टाइन’ बनाउन उपलब्ध गराउने छौं।” त्यहाँका डाइरेक्टर तेज थुलुङ राईले परिवर्तन खबरसँग भने, ‘विशेषगरीः कपनतिर पनि ‘क्वारेन्टाइन’ बनाउन परेमा हामीले हाम्रो स्कूल उपलब्ध गराउन सक्छौं।’

यसैगरी एकेडेमीले कोभिड १९ (कोरोना भाइरस)लाई हेलचेर्क्याइँ नगरी सबै मिलेर उक्त भाइरसविरुद्ध लड्नुपर्ने पनि बताएको छ।

सरकारले अन्य मुलुकबाट आएका वा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुलाई ‘क्वारेन्टाइन’मा राख्दै आएको छ।

तस्वीरमा शारदा एकेडेमी। श्रोत : शिक्षक तेज थुलुङ राई।

प्रतिक्रिया दिनुहोस्